एमाले कार्यकर्ताले आफ्नो पार्टीका उम्मेदवारमाथि सांघातिक हमला गरेको भन्दै राप्रपाद्वारा निन्दा

12k Shares
सम्बन्धित पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेको बेला धनुषाको सबेल नगरपालिकामा आफ्नो पार्टीका वडा सदस्यका उम्मेदवार माथि एमाले कार्यकर्ताले सांघातिक हमला गरेको भन्दै निन्दा गरेको छ ।

राप्रपाले सबेला नगरपालिका वडा नं– ४ का राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मिया माथि नेकपा एमालेका कार्यकर्ताद्वारा सांघातिक हमला गरेको जनाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आज प्रेस बिज्ञप्ति जारी गर्दै राप्रपाको नीति, विचार, सिद्धान्तको प्रवर्द्धन र आफ्नो चुनावी प्रतिबद्धता घरदैलो गर्दै मतदाता सामु गइरहेको अवस्थामा मियामाथि एमालेले उमेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि मिया र उनको ७ जना परिवारका सदस्यमाथि सांघातिक हमला भएको उल्लेख गरेका छन । 

राप्रपाले सो घटना घृणित, लज्जास्पद र दुःखदायी भएको भन्दै घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न माग गरेको छ ।

यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं–१ मा राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लिलिबिर बिसीको चुनाव प्रचारका क्रममा माओवादीले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातरे फालिदिने र उमेदवारलाई लछारपछार गरिएको घटनाप्रति पनि राप्रपाले भत्सर्ना गरेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार