राष्ट्रपति भण्डारीद्वारा जेठ ३ गते मंगलवार संसद अधिवेशन आह्वान

15.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।


“नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९–१–२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन चार बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।” राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार