प्रचण्ड र नेपालबीच भयो भेटघाट

9.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमवार दिउँसो कोटेश्वरस्थित एक निजी घरमा भेटघाट भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सर्वोच्च अदालतको फागुन २३ को फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीका गरिरहेका बेला भएको भेटघाटलाई अर्थपूर्ण हेरिएको छ ।

आजको भेटघाट समसामयीक विषयमा छलफल भएको स्रोतले जनाएको छ । भेटघाटमा एमाले नेता भीम रावल, नारायणकाजी श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको बताइएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार