प्रचण्डलाई दौडधुप : आज प्रदेश २ का विभिन्न सभालाई सम्बोधन गर्ने

10.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

चुनावी प्रचारको दौडाहामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मधेश प्रदेशका रौतहट, बारा, धनुषा र सर्लाहीका विभिन्न सभालाई सम्बोधन गर्ने कार्यक्रममा व्यस्त हुने भएका छन्।

प्रचण्डले आज रौतहट, बारा, धनुषा र सर्लाहीका विभिन्न सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालले जनाएको हो। स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएपछि दलका शीर्ष नेताको दौडधुप बढेको हो। वैशाख ३० गते हुने निर्वाचनका लागि ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ।


मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ।

मतदान स्थलको ३ सय मिटर वरपर राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री मौन अवधि सुरु हुनुभन्दा अघि नै हटाउनुपर्छ। यस्तै अनलाइन, छापा, सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट शेयर गर्न वा गराउन नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ।

ताजा अपडेट
सम्बन्धित समाचार