रुकुम पश्चिममा पुनः माओवादी र कांग्रेसका कार्यकर्ता बीच झडप

22.8k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

 रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता बीच पुनः झडप भएको छ। मैत्रिपूर्ण प्रतिस्पर्धा गर्ने भन्दै संयुक्त अपिल जारी भएपछि पनि दुई पार्टी बीच पुनः झडप भएको हो।

सोमबार अबेर फेरि जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर १०, मा कांग्रेस र माओबादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो।


झडपका क्रममा माओबादी कार्यकर्ताले कांग्रेस कार्यकर्ताले प्रचारप्रसारमा प्रयोग गरिरहेको एउटा मोटरसाइकल जलाइदिएका छन्। २ वटा मोटरसाइकल तोडफोड भएको र एउटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले सवारी साधनमा तोडफोड भएको जानकारी दिए।

प्रचार–प्रसारमा गएका आफ्ना कार्यकर्तामाथि माओवादीले आक्रमण गरेको कांग्रसको आरोप छ। आइतबार मात्रै दुवै दलले झडप नगर्ने, आ–आफ्ना कार्यक्रम सञ्चालन गर्दा उत्तेजक भाषण नगर्ने, एक वडाका कार्यकर्ता अर्को वडामा नबोलाउने, नजाने र निर्वाचन शान्तिपूर्ण बनाउने भन्दै अपिल जारी गरेका थिए।

ताजा अपडेट
सम्बन्धित समाचार