मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको समयमा पानी पर्ने भन्दै सचेत गराएको छ।
स्थानीय तह निर्वाचनको दिन पानी पर्ने सम्भावना देखिएपछि निर्वाचन आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयलाई त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपेटिका सुरक्षित राख्नको लागि स्थानीय तहसँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको बताएका छन्।
तत्काल आयोगले पानीबाट ओत्ने सामग्री खरिद गरेर पठाउन सकिने सम्भावना नरहेको उनले बताए । स्थानीय तहमा रहेको विपद् व्यवस्थापन कोष र विपद् व्यवस्थापन समितिसँग यस्ता खालका सामाग्री रहेकाले त्यहीबाट व्यवस्थापन गर्न भनिएको उनको भनाइ छ ।