नेकपा खारेज गर्ने आदेशविरुद्ध रिट दर्ता गर्न दाहाल आज सर्वोच्च जाँदै

10.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौ ।  नेकपा खारेज गर्ने आदेशविरुद्ध रिट दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज सर्वोच्च जाँदैछन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्च अदालतको फैसलामाथि पुनरावलोकन निवेदन दर्ता हुने भएको छ । बिहान ११ बजे अध्यक्ष दाहालसहित माओवादी नेताहरु सर्वोच्च जान लागेका हुन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि दाहाल नेकपाको एकता जोगाउन सक्रिय भएका हुन् । यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको नेकपाका अध्यक्ष ऋषि कट्टेलले ओली र दाहाल अध्यक्ष रहेको नेकपाविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

तत्कालीन नेकपाका एक अध्यक्ष रहेका प्रचण्डले एमाले र माओवादी केन्द्रको एकतालाई अवैधानिक भन्दै गत फागुन २३ गते सर्वाेच्च अदालतले गरेको फैसला सच्याउन माग गर्ने भएका हुन् । 

ऋषि कट्टेलले दर्ता गराएका रिट उपर सुनुवाई गर्दै फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो । सर्वोच्चको आदेशमा दुई पार्टीबीच को एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार