प्रचण्ड र आरजुसँग आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

17k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासँग स्पष्टीकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले मंगलबार दुवैसँग २४ घण्टे स्पष्टीकरण मागेको हो। 

चितवनको भेलामा गठबन्धन उम्मेदवार रेणु दाहाललाई पराजित गराए देश दुर्घटना जान्छ भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले प्रचण्डसँग स्पष्टीकरण मागेको हो। मतदातालाई धम्क्याउने उद्देश्यले यस्तो अभिव्यक्ति दिएको भन्दै आयोगमा निवेदन परेको थियो।

यस्तै कांग्रेसकी नेतृ देउवालाई कांग्रेसले नजित्ने स्थानीय तहमा बजेट नपठाउने र गठबन्धन उम्मेदवारलाई जिताए निःशुल्क भिसा टिकटको व्यवस्था गरी मलेसिया पठाउनेजस्ता विषाय बोलेको भन्दै आयोगले स्पष्टीकरण मागेको हो।

ताजा अपडेट
सम्बन्धित समाचार