मोदीको भ्रमण पूर्व तयारीका लागि गौतम बुद्ध विमानस्थलमा भारतीय विमान अवतरण

7.9k Shares

आउँदो जेठ २ गते बुद्ध जयन्तीको अवसरमा हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको पूर्व तयारीका लागि बुधबार भारतीय वायु सेनाको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ ।

 

उक्त विमानमा भारतीय सैनिक अधिकारीको टोली र अतिविशिष्ट पाहुनाहरूले प्रयोग गर्ने सवारीलगायत अन्य बन्दोबस्तका सामग्रीहरू रहेको विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले जानकारी दिए ।

 

भारतीय एयरफोर्सको आईएल ७६ इलुसिन विमान १९२ तौलसहितको सामग्रीसहित अवतरण गरेको उनले बताए । यो गौतम बुद्ध विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय उडान समेत हो । पहिलो अन्तर्राष्ट्रिय उडान अवतरण गरेकाले विमानस्थलका कर्मचारीहरूले विमानमा आएका सबैलाई खादा ओडाएर स्वागत गरेका थिए । यसअघि उक्त विमानस्थलमा नमूना उडान परीक्षण भएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार