प्रधानमन्त्री देउवा रुवाखोला मतदान केन्द्रमा मतदान गर्ने

11.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् ।

उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् ।


सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाको मतदाता नामावली रुवाखोलामा छ । देउवा गृह प्रदेशमा छन् ।

उनी शुक्रबार मतदानपछि मात्र काठमाडौँ फर्कँदैछन् ।

ताजा अपडेट
सम्बन्धित समाचार