नेता वामदेव गौतमले यो पटकको स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । नेकपा एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय छैनन् ।
उनले ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताए । बर्दियाको बाँसगढी नगरपालिका- १ को मतदाता रहेका गौतमले भने, ‘म केही समयदेखि राजनीतिमा न्युट्रल बस्दै आएको छु, अहिले पनि त्यसै गर्छु, त्यसैले यो पटक मतदान गर्दिनँ ।’ गौतम राष्ट्रिय सभा सदस्य समेत हुन् ।
गौतमले नेकपा एमालेबाट विभाजित बनि बनेको माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका थिए । नेकपा एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका गौतम सोही पार्टी नजिक रहेको अनुमान चलिरहेका बेला गौतमले भने यसपल्टको स्थानीय चुनावमा भोट नहाल्ने निष्कर्षमा पुगेका हुन् ।