पर्यवेक्षक कार्कीद्वारा मतदान केन्द्रको निरीक्षण , सुरक्षा कडा र व्यवस्थित रहेको प्रतिक्रिया

10.1k Shares

पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ।

पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो।


मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्व प्रधानन्यायाधीश कार्कीले मतदान स्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया दिएकी छन् । उनले मतदान केन्द्रमा महिला र पुरुषहरूका लागि छुट्टै ठाउँ बनाएर मतदान गर्ने व्यवस्था मिलाएको पनि बताइन्।

मतदान स्थलमा पानी परेमा ओत लाग्ने गरी लाइनको व्यवस्था मिलाएर मतदान केन्द्रलाई व्यवस्थित बनाएको बताइन्।

स्थानीय तहको निर्वाचन भोलि देशभर एकसाथ हुँदैछ।

ताजा अपडेट
सम्बन्धित समाचार