’सुरक्षित भविष्यको निम्ति मतको सदुपयोग गर्न रामचन्द्र पौडेलको अपिल

13.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेपाली कांग्रेसका नेताले सुरक्षित र राम्रो भविष्यका लागि आफ्नो मतको सदुपयोग गर्न अपिल गरेका छन् ।

शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधि कायम रहेका बेला बिहीबार दिउँसो १२ बजेर ४१ मिनेटमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नेता पौडेलले मतको सदुपयोग गर्न अपिल गरेका हुन् ।‘निर्वाचन लोकतन्त्रको सुनौलो अवसर पनि हो । राम्रो र सुरक्षित भविष्यको निम्ति आफ्नो मतको सदुपयोग गरौँ,’ उनले अपिलमा भनेका छन्

स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ जेसम्म मतदानको समय तोकिएको छ । मंगलबार मध्य राति १२ बजेबाट मौन अवधि सुरु भएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार