नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा गृहजिल्ला काठमाडौंबाट मतदान गर्दै छन् ।
सिंहको सचिवालयका अनुसार काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट उनले मतदान गर्दैछन् । गठबन्धनबाट काठमाडौं महानगरपालिकाकी मेयरकी उम्मेदवार प्रकाशमान पत्नी सिर्जना श्रेष्ठले पनि सोही ठाउँबाट मतदान गर्ने छिन् ।
उनीहरुले शुक्रबार विहान ८ बजे नेपाल युवक मावि केन्द्रबाट मतदान गर्ने सिंहका प्रेस संयोजक युपी लामिछानेले बताएका छन् ।