भोलि साँझ ७ बजेदेखि नै मतगणना हुने

9.7k Shares

निर्वाचन आयोगले भोलि (शुक्रवार) स्थानीय तहको निर्वाचनमा मतदान सम्पन्न भएलगत्तै साँझ ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सकिएपछि ७ बजेबाट नै मतगणना शुरू गर्ने तयारी भएको जानकारी दिएका छन ।


उनका अनुसार छिटोमा साँझ ७ बजेदेखि र ढिलोमा राति १२ बजेदेखि मतगणना शुरू हुनेछ ।स्थिति हेरेर कतिपय ठाउँमा ७ बजे देखि नै पनि मतगणना शुरू हुन सक्ने उनको भनाई छ ।

अहिलेसम्म स्थानीय तहले गरेको तयारी अनुसार ३ सय ठाउँमा सीसी क्यामेरा पनि जडान हुने भएका छन् । तर धेरै भन्दा धेरै ठाउँमा सीसी क्यामेरा जडान हुन सक्ने सम्भावना अझै पनि कायम नै रहेको थपलियाको भनाई छ ।

सीसी क्यामेरा जडान नहुने ठाउँमा पनि भिडियो क्यामेराबाट गणनाको सबै कामको रेकर्ड राख्ने तयारी भएको उनले बताएका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार