विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका छन् ।
उनले २५८३ र एमाले उम्मेदवार सागर थापाले १९९० मत प्राप्त गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत पाएका छन् ।
उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले १२१२ मत प्राप्त गरेकी छन् । जसपा उम्मेदवार अमरेन्द्र यादवले ८८७ मत प्राप्त गरेका छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ६१ मत प्राप्त गरेकी छन् ।