स्थगीत भएका ठाउँमा आज मतदान हुँदै

11.7k Shares

यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये ६ वटा केन्द्रमा आज मतदान हुँदै छ ।

आज सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाको जनता माविको २ वटा केन्द्र, कालीकोटको रास्कोट गाउँपालिकाको जनता माविको १, कालीकोटकै पचालभरना गाउँपालिकाको जनता माविको १, बझाङको जयपृथ्वी नगरपालिका, सुनीपिपल चौर माविको २ मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

यता निर्वाचन सम्पन्न भएका स्थानको जारी मतगणना प्रक्रियालाई निर्वाचन आयोगले बहादुर भवनस्थित कार्यालयबाट भिडियो—अनुगमनसमेत गरिरहेको छ ।

मतगणना भइरहेका विभिन्न मुख्य निर्वाचन कार्यालयका मतगणस्थलमा जोडिएका सीसी क्यामेरा र ‘भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम’ ९भीसीभीएमएस० प्रविधिबाट सो अनुगमन भइरहेको हो । तथ्याङ्क प्रविष्टीका लागि आयोगको बेग्लै सूचना प्रणाली सञ्चालित छ ।

ताजा अपडेट
सम्बन्धित समाचार