आज २५६६ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूत गौतम बुद्धको पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमलाई विष्णुको अवतारका रुपमा पूजा गरिन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको स्मरण स्वरुप बैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने प्रचलन छ ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मृत्यु० वैशाख शुक्ल पूर्णिमाकै दिन परेकोले यस दिनलाई विश्वका बौद्ध धर्मावलम्बीहरुले बुद्धप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गरेर बुद्ध जयन्ती मनाउने गर्दछन् । आज बुद्धको जन्मभूमि लुम्बिनीमा ठूलो मेला लाग्छ । बुद्ध जन्मस्थलमा आज बुद्ध जयन्तीको अवसरमा पूजनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदै छन् भने प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनी पुगेका छन् ।
बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पूजा, आराधनाका लागि मोदी लुम्बिनी आउन लागेका मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट १०ः ४० बजे लुम्बिनी आउने कार्यक्रम रहेको छ । त्यस्तै ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने, १२ः २० परराष्ट्रमन्त्री डा।नारायण खड्कासँग भेट गर्ने, १२ स्३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२ स् ४५ मा नेपालको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने, १ः ३० मा प्रधानमन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने, २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने, ३ः ३० बजे बुद्ध जयन्ती सेलिब्रेशनमा सहभागी बन्ने र साँझ ५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।