भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले फेरि अग्रता लिएका छन्।
सोमबार बिहान १० बजेसम्म ११ हजार सात मत गणना भएको छ। जसमा एमालेका सुवेदीले ३ हजार ८३८ मत पाएका छन्।
त्यस्तै नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३ हजार ८०५ मत पाएकी छन्। सुवेदी र दाहालबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। कतिवेला सुवेदी त कतिवेला दाहालले अग्रता लिइरहेकी छन्। मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५११ मत पाएकी छन्। उनी तेस्रो नम्बरमा छन्।
उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिइरहेका छन्। उनले ४ हजार ३५२ मत पाएका छन्। त्यस्तै राप्रपाकी हिमला गुरूङले २ हजार ९९८ मत पाएकी छन्।
अहिले वडा नं ३ को मतगणना भइरहेको छ। वडाध्यक्षमा एमालेका विकास थापाले एक हजार ४९५ मत पाएका छन् भने कांग्रेसका भरत लामिछानेले ९५२ मत पाएका छन्।