काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना पुन : सुरु भएको छ ।
सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो । दलका प्रतिनिधिबीच केहीबेर चर्काचर्की भएपछि धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
विवाद भएको वडा सदस्यको मत पुनस् गन्ने सहमति भएपछि मतगणना सुरु भएको छ ।