भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता झनै बढाउदै लगेका छन् ।
यसअघि ४७ मतले अग्रता लिइरहेका सुवेदीले पछिल्लो परिणाममा ६१ मतले अग्रता लिएका हुन् ।
पछिल्लो अपडेटअनुसार विजय सुवेदीले ४४०० मत पाएका छन् । रेनु दाहालले ४३३९ मत पाएकी छिन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १९०० मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५१०३ मत पाएका छन् । एमालेकी हिमला गुरुङले ३४८३ मत ल्याएकी छिन् ।