नेपाल र भारतबीच विभिन्न ६ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार लुम्बिनीमा शिक्षा र जलस्रोत क्षेत्रमा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच बौद्ध दर्शन अध्ययनका लागि डा। अम्बेडकर चेयर स्थापना गर्ने, भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र ९सीनास० तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने, भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने, काठमाडौं विश्वविद्यालय र भारतको इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास बीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल विद्युत् प्राधिकरण (एनईए) र भारतको सतजल जलविद्युत् लिमिटेडबीच अरुण४ आयोजनाको विकास र कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।