नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिकामा एमाले पराजित भएको छ।
खोटाङको खोटेहाङ गाउँपालिकामा एमालेकी कविता राईलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका उदिमबहादुर राई निर्वाचित भएका हुन्।
राईले ३ हजार ७२८ मत ल्याएका छन् भने एमालेकी कविताले ३ हजार ६९० मत प्राप्त गरेकी छन् ।
उपाध्यक्षमा नेकपा कांग्रेसका रुपेश राई ३ हजार ७६३ मत ल्याएर विजयी भएका छन् ।