बाराको पचरौता नगरपालिकाको चार ठाउँमा बुधबार मतदान हुने

15.9k Shares

 बाराको पचरौता नगरपालिकाको चार ठाउँमा पर्सि बुधवार मतदान हुने भएको छ ।

गएको ३० गते मतदान  रद्द भएका चारवटा मतदान केन्द्रमा  पर्सि मतदान हुने निर्वाचन अधिकृत नीरबहादुर दाहालले जानकारी दिनुभयो।

पचरौता नगरपालिका २ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावि मतदान केन्द्र तथा वडा नम्बर ४ को बेल्दारी प्राविको क र ख गरी चार वटा मतदान केन्द्रको मतदान पर्सि हुने निर्वाचन अधिकृत दाहालले बताउनु भएको हो ।

मतदानबारे छलफल गर्न आज दिउँसो एक बजे सर्वदलीय बैठक बोलाइएको पनि उहाँले जानकारी दिनु भएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार