विराटनगर मेयरमा कांग्रेसका नागेशको अग्रता कायमै , जित्ने सम्भावना बढी

10.9k Shares
सम्बन्धित पार्टी

विराटनगर महानगर प्रमुख पदमा कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै छ। हालसम्मको मतगणना अनुसार कोइरालाले ८ हजार ८ सय २७ मत ल्याएका छन्। उनलाई पछ्याउँदै एमालेका सागर थापाले ६ हजार ५ सय ४५ मत ल्याएका छन्।

प्रमुख पदमै तेस्रो स्थामा स्वतन्त्र उम्मेदवार उमेश यादव रहेका छन्। यादवले २ हजार ७ सय २३ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रल्हाद साहले १ हजार ८ सय १६ मत पाएका छन्। यस्तै, उपप्रमुखमा भने एमालेकी शिल्पा कार्की ७ हजार ४ सय ८४ मतका साथ अग्रस्थानमा छिन्।


उनलाई जसपाका अमरेन्द्र यादवले पछ्याइरहेका छन्। यादवले ४ हजार ७ सय ५४ मत पाएका छन्। तेस्रोमा राप्रपाकी विन्दाकुमारी लुइँटेल रहेकी छन्। उनले २ हजार २ सय २२ मत र स्वतन्त्रकी उम्मेदवार नमिता न्यौपानेले १ हजार ५ सय ८४ मत पाएकी छन्। विराटनगर महानगर प्रमुख पदमा कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै छ। हालसम्मको मतगणना अनुसार कोइरालाले ८ हजार ८ सय २७ मत ल्याएका छन्।

उनलाई पछ्याउँदै एमालेका सागर थापाले ६ हजार ५ सय ४५ मत ल्याएका छन्। प्रमुख पदमै तेस्रो स्थामा स्वतन्त्र उम्मेदवार उमेश यादव रहेका छन्। यादवले २ हजार ७ सय २३ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रल्हाद साहले १ हजार ८ सय १६ मत पाएका छन्।

यस्तै, उपप्रमुखमा भने एमालेकी शिल्पा कार्की ७ हजार ४ सय ८४ मतका साथ अग्रस्थानमा छिन्। उनलाई जसपाका अमरेन्द्र यादवले पछ्याइरहेका छन्। यादवले ४ हजार ७ सय ५४ मत पाएका छन्।

तेस्रोमा राप्रपाकी विन्दाकुमारी लुइँटेल रहेकी छन्। उनले २ हजार २ सय २२ मत र स्वतन्त्रकी उम्मेदवार नमिता न्यौपानेले १ हजार ५ सय ८४ मत पाएकी छन्।

ताजा अपडेट
सम्बन्धित समाचार