बुटवलको तिलोत्तमा गणना स्थगित , कारण यस्तो

11.3k Shares

बुटवलको तिलोत्तमा नगरपालिकाको स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा गणकहरुले एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको भन्दै विरोध भएपछि गणना नै स्थगित भएको छ ।

वडा नं १६ को मत गणनाका क्रममा गणकहरुले नेकपा एमालेका उम्मेदवारको मत बढाएर र नेपाली कांग्रेसको मत घटाएर अभिलेख राखेको भन्दै कांग्रेस कार्यकर्ताहरुले नाराबाजी गरेपछि गणना स्थगित भएको हो ।


निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले पनि अभिलेख राख्नेक्रममा त्रुटी भएको स्वीकार गरेका छन् । स्थगित मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

तिलोत्तमाको मेयरमा कांग्रेस–माओवादी गठबन्धनका रामकृष्ण खांण र एमालेका मोहन चापागाईंबीच तीव्र प्रतिस्पर्धा छ ।

ताजा अपडेट
सम्बन्धित समाचार