काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायम राखेका छन् ।
अहिलेसम्म २८ हजार ७ सय मत गन्दा शाहले ११ हजार १३ मतसहित अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित ५ हजार ५७ मतले पछि रहेका छन् । स्थापितले ५ हजार ९ सय ५६ मत प्राप्त गरेका छन् ।
मेयरमै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार २ सय ११ मत प्राप्त गरेकी छन् ।
राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ९ सय ७८ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले पनि फराकिलो अग्रतालाई कायमै राखेकी छन् ।
डंगोलले ११ हजार ३३ मतसहित अग्रता लिइरहेकी छन् ।