कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

15.3k Shares

संघीय संसद प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेकपा एमाले अनुपस्थित भएको छ ।

बजेट अधिवेशनको पहिलो दिन सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेको थिए । तर, उक्त बैठकमा एमाले सहभागी नभएको हो ।


संघीय संसद सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा जारी छ ।

एमालेले यसअघि पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्दै आएको थियो । एमालेले २३ भदौ २०७८ देखि संसदमा निरन्तर अवरोध गर्दै आएको छ 

ताजा अपडेट
सम्बन्धित समाचार