काठमाडौंमा बालेन १५ हजार बढी मतका साथ अग्र स्थानमा, ४ सय १२ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक

16k Shares

काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) १५ हजार बढी मतका साथ अग्र स्थानमा हुनुहुन्छ ।

आज (बुधबार) बिहानको ताजा मत परिणाम अनुसार शाहले १५ हजार ४ सय २ मत प्राप्त गर्नुभएको हो । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २ सय ८८ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार २ सय ९० प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म ३९ हजार ५ सय २० मत गणना भइसकेको छ ।काठमाडौं महानगरपालिकामा अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को मत गणना जारी रहेको छ ।

यस्तै, स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको परिणाममा नेपाली कांग्रेस १ सय ८८ वटा स्थानीय तह विजयी भएको छ। नेकपा एमाले १ सय१७ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ८३ पालिकामा विजयी भएको छ। एकीकृत समाजवादी ७ ठाउँमा विजयी हुँदा जनता समाजवादी पार्टीले ५ वटा पालिका विजयी भएकाे छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ वटा पालिका विजयी भएकाे छ। अन्य १० स्थानमा स्वतन्त्र तथा अन्य दलहरुले विजयी भएका छन् । हाल मतगणना जारी रहेका ठाउँहरुमध्ये १ सय २९ ठाउँमा कांग्रेस अगाडि छ भने ८३ ठाउँमा एमाले तथा ३३ ठाउँमा माओवादी केन्द्र अगाडि रहेकाे छ। ३० ठाउँमा जसपा, १६ ठाउँमा एकिकृत समाजवादी, १० ठाउँमा लोसपा तथा १६ ठाउँमा अन्य उम्मेदवारहरु अगाडि रहेका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार