केपी ओली अस्वस्थ !

13k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा एकाएक समस्या आएको छ । ओली केहिदिनदेखि अस्वस्थ भएको तर गुपचुप राखिएको स्रोतले बतायो ।

मंगलबार अपराह्न संसद बैठकमा सहभागी नभएपछि सोधखोज गर्दा बालकोट स्रोतले उनको स्वास्थ्यमा समस्या आएको बताएको छ । केही दिनयता स्वास्थ्यमा समस्या आएको बताइएको छ । ओली वैशाख २७ गतेदेखि नै अस्वस्थ भएको तर सबैतिर गुपचुप राखिएको पाइएको छ । उनको निवासमै उपचार भैरहेको र आराम गरिरहेको स्रोतले बतायो ।

स्थानीय तहको चुनावका बेला एमाले अध्यक्ष ओलीको सक्रियता अन्य नेताहरुको भन्दा धेरै देखिएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार