किन सुरु भएन तिलोत्तमा नगरपालिकाको स्थगित भएको मतगणना

11k Shares

मंगलबार बिहानदेखि स्थगित भएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अझै सुरु हुन सकेका छैन ।

मतगणनामा खटिएका कर्मचारीले गणनापछि रेकर्ड राख्दा संख्या तलमाथि भएपछि विवाद भएको थियो ।


विवाद मिलाएर मतगणना गर्ने भनिएपनि दुवै पक्षको आ–आफ्नो अडानले गर्दा सुरु हुन नसकेको हो।

नगरपालिकाको वडा नम्बर १६ को मतगणना चलिरहँदा कर्मचारीले नेपाली काँग्रेसको १४१ हुन पर्नेमा ११४ राखिएको तथा नेकपा एमालेको २५९ हुनु पर्नेमा २९६ रेकर्डमा चढाएपछि काँग्रेसले विरोध जनाएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार