भरतपुरमा रेनु १७ सय १२ मतको अग्रता

11.2k Shares
सम्बन्धित पार्टी

 चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १७ सय १२ मतको अग्रता लिएकी छन् ।

रेनुले ९ हजार ९७० मत पाएकी छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार २५८ मतसहित पछ्याइरहेका छन् ।


स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ५०४ मत पाएका छन् ।

उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ७४० मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ६६८ मत पाएकी छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार