काठमाडौंको मतगणना छोडि ललितपुर पुगे बालेन , कारण यस्तो

20.4k Shares

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह भने ललितपुरको मतगणनामा पुगेका छन् ।

ललितपुर महानगरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन पुगेका हुन् । अहिले ललितपुरको वडा नम्बर १० को मतगणना सुरु हुन लागेको छ । यस वडाबाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रूपमा मतगणनामा सहभागी हुन बालेन त्यहाँ गएका हुन् ।

व्यञ्जनकारलाई बालेनले आफ्नो राजनीतिक गुरु मान्ने गर्छन् । व्यञ्जनकारले पञ्चायतकालदेखि हरेकपटक सोही वडाबाट निरन्तर वडाध्यक्ष जित्दै आएका छन् । व्यञ्जनकारका छोरा कुमार बेन बालेनका निकट सहयोगी हुन् । उनले यो स्थानीय चुनावमा बुबाका लागि भन्दा बालेनका लागि समय दिइरहेका छन्  ।

 

साहले काठमाडौं महानगरको मेयरमा सुरुवातदेखि नै फराकिलो मतान्तरका साथ अग्रता लिइरहेका छन् । पछिल्लो परिणाम अनुसार १६ हजार ५२ मत ल्याएका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ३४५ मतका साथ पछ्याइरहेका छन् । गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ५११ मत पाएकी छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार