दुई दिन बिदा हुँदा राष्ट्रि श्रम शक्तिलाई अघाडि बढ्न सक्दैन : योगेश भट्टराई

15.6k Shares
सम्बन्धित पार्टी

प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले हचुवाको भरमा दुई दिन बिदा दिइएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिदै भट्टराईले विकल्प नसोचेर हचुवाको भरमा सरकारले दुई दिन बिदा दिएको भन्दै आपत्ति जनाएका हुन् ।


उनले दुई दिन बिदा हुँदा राष्ट्रि श्रम शक्तिलाई अघाडि बढाउन नसक्ने बताए। यस्तै भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको पनि बताएका छन्।

उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेको बताएका हुन्।

प्राधिकरणलाई जोगाउने विषयमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नपरेको भन्दै उनले देशभित्र र बाहिरबाट ऊर्जामा लगानी बढाउनु पर्नेमा जोड दिए।

ताजा अपडेट
सम्बन्धित समाचार