धरानको मतगणना स्थलमा सेना परिचालन , कारण यस्तो

12.3k Shares

धरान उपमहानगरपालिकाको मतगणना स्थलमा सेना परिचालन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले नाराबाजी सुरु गरेपछि मत गणनास्थलमा सेना परिचालन गरिएको हो ।


वडा नम्बर २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि माओवादी कार्यकर्ताले नाराबाजी गरेका थिए । उनीहरूले जनताले दिएको मत सदर गर्नुपर्ने माग राखेर आन्दोलन चर्काएपछि मतगणनास्थल पब्लिक माविमा सेना परिचालन गरिएको हो ।

धरान–२० मा २०२१ मत खसेकोमा मतदान अधिकृतको हस्ताक्षर नभएको १८ मत बदर गरिएको थियो । यसो हुँदा कांग्रेसका उम्मेदवारले जित्ने पक्का भएपछि माओवादीले आन्दोलन चर्काएको हो ।

हस्ताक्षर नभएका १८ मतपत्र सदर भएमा माओवादीको ११ मत सदर हुनेछ । ११ मत सदर भए माओवादीले वडाध्यक्षमा बाजी मार्नेछ । त्यसकारण पनि उसले आन्दोनलाई चर्काएको हो ।

हस्ताक्षर नभएको मतपत्र पाइएपछि निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतलाई विभागीय कारबाही गर्ने निर्णय गरेको छ । माओवादीका नेता राजेन्द्र किरातीले १८ मत सदर नगरिए धरान २० मा पुनः मतदानको व्यवस्था गर्न माग गरेका छन् ।

जनताले दिएको मत मतदान अधिकृतको चरम लापरबाहीले बदर भएको भन्दै उहाँले आपत्ती प्रकट गर्नुभयो ।

ताजा अपडेट
सम्बन्धित समाचार