काठमाण्डौ महानगरमा बालेन शाहले मतान्तरलाई फराकिलो बनाउँदै गएका छन । महानगरको पछिल्लो मत परिणामअनुसार ५८ हजार ७६ मत गन्दा बालेन शाहले २२ हजार १ सय ८९ मत प्राप्त गरेका हुन ।
एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ११ हजार ६ सय १ मत प्राप्त गरेका छन । स्थापित शाह भन्दा १० हजार ५ सय ८८ मतले पछाडि छन ।
नेपाली कांग्रेसकी सृजना सिँहले १० हजार ९ सय ६३ मत प्राप्तगरेकी छिन । उपमेयरमा एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ।