काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदावार बालेन शाहलाई पुत्रीलाभ भएको छ ।
जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहलाई आज पुत्री लाभ भएको हो ।बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी हुन् ।
बालेनले मतगणनामा अग्रता लिइरहेका बेला पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् ।
उनका साथीभाइरुले पनि उनलाई शुभ संकेत भन्दै बधाई दिइरहेका छन् ।