काभ्रेको चौरीदेउराली गाउँपालिकामा गठबन्धनबाट रेणुका चौलागाई विजयी

14.8k Shares

काभ्रेको चौरीदेउराली गाउँपालिकामा गठबन्धन उम्मेदवारी विजयी भएका छन् । गाउँपालिकामा अध्यक्षमा नेकपा ९माओवादी केन्द्र०बाट रेणुका चौलागाई विजयी भएकी हुन् भने उपाध्यक्षमा शेर बहादुर लामा निर्वाचित भएका छन् । 

चौलागाईले ६ हजार २२८ मत पाएर जित हासिल गर्दा उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेवदार जित राम लामाले ५ हजार ४६३ मत प्राप्त गरेका हुन् । चौलागाई जिल्लाकै पहिलो महिला गाउँपालिका अध्यक्ष हुन् । पहिलो संविधान सभा सदस्य पनि रहेकी थिइन । 

यस्तै , सो गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र० ले ५ वटा वडामा विजयी हात पारेको छ । यस्तै, नेपाली कांग्रेस ३ वटा वडामा र नेकपा ९एमाले० १ वटा वडामा विजयी भएको छ । 

 

ताजा अपडेट
सम्बन्धित समाचार