विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी शिल्पा विजयी

9.1k Shares

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोईराला निर्वाचित भएका छन् । कोईरालाले मेयरमा एमाले उम्मेदवार सागर थापालाई ८ हजार ७१५ मतले पराजित गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्बजनिक गरेको अन्तिम मत परिणाम अनुसार मेयरमा कोईरालाले ३०१७० मत ल्याउँदा नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत मात्र ल्याउन सके ।

उप मेयरमा भने एमालेकी शिल्पा कार्की २५ हजार ६३० मत ल्याएर निर्वाचित भईन् । गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार रहेका जसपाका अमरेन्द्र यादवले १४ हजार २१९ मत मात्र ल्याउन सके । उनी जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

जसपा परित्याग गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ८ हजार ७९५ मत पाए । एमाले बिराटनगर महानगरपालिकाको ९ वटा वडा जितेको छ भने नेपाली कांग्रेसले ६ वटा वडा र जसपाले २ वटा वडा जितेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार