आज परराष्ट्रमन्त्री डा नारायण खड्का र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्बन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेट भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज बिहान भएको भेटमा जियाले नेपालमा रहेका तिब्बती शरणनार्थीलाई परिचयपत्र दिन आग्रह गरेकि छन् । सन् १९९० पछि नेपालले तिब्बती शरणार्थीलाई परिचयपत्र प्रदान गरेको छैन।
भेटमा नेपाल–अमेरिका सम्बन्ध र सहयोग परियोजना एमसिसीका विषयमा छलफल भएको जनाइएको छ। जियाले त्यसअघि प्रधानमन्त्री देउवासँग भेटेकी थिइन्।