७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक , ३२० मा कांग्रेसको प्यानल विजयी

7.6k Shares

अहिलेसम्म ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

२ सय ६८ नगरपालिका र ४ सय ५८ वटा गाउँपालिका गरी ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ। यस्तै कांग्रेसले २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।


नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी १ सय ९७ वटा पालिकाको प्रमुख र २ सय २५ वटा पालिकाको उप–प्रमुख पदमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले १ सय २० वटा पालिकाको प्रमुख तथा १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ ।

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जित्दा नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार