सरकारको नीति तथा कार्यक्रम आज

26.6k Shares

 सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने छिन । 

नीति तथा कार्यक्रमा आर्थिक विकास तथा कृषि, रोजगारीको बिस्तार एवम् अन्य आर्थिक सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको बुझिएको छ । आगामी मंसीरमा संघीय संसद र प्रदेश सभाको निर्वाचन गर्नुपर्ने भएकाले सरकारको नीति तथा कार्यक्रम निर्वाचन लक्षित हुने विश्लेषण गरिएको छ ।

यही जेठ १५ गते संघीय सरकारको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार