काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहले स्थायी कमिटि बैठक बोलाएको छ।
आफ्नो समूहका चार नेतालाई पार्टीबाट निलम्बन गरिएपछिको रणनीति तय गर्न नेपाल समूहकाे स्थायी कमिटि बैठक बस्न लागेकाे हाे।
बिहान ११ बजेपछि बस्ने बैठकले अगामी रणनीतिबारे ठाेस निर्णय लिनेछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले मनपरी गर्न थालेको भन्दै माधव समूहले देशव्यापी रुपमा समानान्तर कमिटि बिस्तार गरिने घोषणा गरिसकेको छ।
बिहीबारमात्र माधव नेपालकै उपस्थितिमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी घोषणा गरिएको थियाे। नेता नेपालले केन्द्रमा पनि समानान्तर कमिटि तयार हुने घोषणा गरेका थिए।
ओलीसँग मिलेर जान नसकिने निष्कर्षमा कतिपय नेताहरु पुगेपछि आगामी बाटो पहिल्याउन स्थायी कमिटि बैठक बस्न लागेको हो।