पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जु गुरुङ विजय हुने सुनिश्चित भएको छ ।
गन्न बाँकी मतभन्दा अग्रता लिएको मत धेरै भएपछि आचार्यको जित सुनिश्चित भएको हो ।
अब ५ हजार १५ मत गणना गर्न बाँकी छ । तर मेयरमा धनराज ५ हजार २ सय ८६ मतान्तरसहित अगाडि रहेका छन् भने उपमेयरमा गुरुङ ४ हजार ३५ मतान्तरले अगाडि छन् । पोखरा महानगरपालिका वडा नम्बर २२, ३२ र ३३ को आंशिक मत गणना गर्न बाँकी रहेको छ ।
अहिलेसम्म नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५६ हजार ४ सय ७१ मत प्राप्त गरेका छन् ।