ललितपुर महानगरपालिकामा अहिलेसम्म ७९ हजार ८६३ मत गणना सकिएको छ । ८५ हजार ८६१ मत खसेको ललितपुर महानगरपालिकाको प्रमुखमा हालसम्म कांग्रेसका चिरिबाबु महर्जनले ३९ हजार २३२ मत ल्याएर अग्रता कायम गरेका छन् ।
मेयर उम्मेद्वार एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ४९२ मत मात्र ल्याएका छन् । यस्तै, उपप्रमुखतर्फ एमालेकी मञ्जली शाक्यले २३ हजार ७३१ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १७ हजार २६३ मत ल्याएका छन् । ललितपुर महानगरपालिकामा अहिले २७ र २८ को मतगणना जारी छ भने २९ को गन्ने तयारी भइरहेको छ ।
जम्मा ५,९९८ मत गन्न बाँकी रहेको र आज रातिसम्म मतपरिणाम आउने ललितपुरका मुख्य निर्वाचन अधिकृतको किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।