मतदानको १२ दिनपछि बल्ल मत गणना हुँदै

11.5k Shares

उदयपुरको त्रियुगा नगरपालिकामा मतदान भएको १२ दिनपछि आज मंगलबारबाट मतगणना शुरु हुने भएको छ । त्रियुगा नगरपालिका १२ को मतदान केन्द्रको विवादले रोकिएको मतगणना मंगलबारदेखि आज शुरु हुने भएको हो ।

मंगलबार विहान निर्वाचन आयोग काठमाडौंले मतगणना शुरु गर्न जिल्लाको मुख्य निर्वाचन कार्यालयलाई पत्र पठाएपछि मतगणना शुरु हुन लागेको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले आयोगबाट मतगणना गर्न पत्रचार भएकाले बिहान १०स्३० वजेदेखि मतगणना शुरु गर्न लागिएको जानकारी दिए । उनले भने, ‘हामीले सबै दलका प्रतिनिधिहरुलाई फोन गरेर बोलाएका छौँ, सबै जना आउनु भएको छ । अब मतगणना शुरु हुन्छ ।’ मतदानको दिन अन्तिमम समयमा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।

उक्त मतदान केन्द्रको विवादले त्रियुगामा निर्वाचनका लागि सहभागी भएका दल तथा उम्मेदवारहरू पनि दुई समूहमा विभाजित भएका थिए । एक समूह पुनः मतदान गराउनुपर्ने र अर्को समूहले खसेको मतलाई आधार मानेर मतगणना शुरु हुनुपर्ने पक्षमा थिए ।

यता मतदानको दिन मतदान गर्न छुटेकाहरु पुनः मतदानको मग गर्दै अदालत पुगेका थिए । प्रदेश सांसद सुनीता चौधरीसहित त्रियुगा नगरपालिका-१२ का स्थानीयले पुनः मतदान गरिपाऊँ भनी उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उक्त रिटमा गत सोमबार उच्च अदालत विराटनगर कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश दिएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार