भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् ।
आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताइन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उनको भनाई छ ।
गठबन्धन भित्रै चुनौती भएतापनि भरतपुरमा गठबन्धनमा रहेका दलहरु इमान्दार भएको बताउँदै उनले भनिन्, ‘रेणु दाहाल हराउनकै लागि विपक्षीहरुले ठूला योजना बुने तापनि भरतपुरमा असफल भएको छ । हामी अब मतदाताले दिएको जिम्मेवारी पूरा गर्न लाग्ने छौं ।’
उनले पाँच दलीय गठबन्धन लामो समयसम्म टिक्ने पनि बताइन् । यस्तै भरतपुरमा नेपाली कांग्रेसबाट उपमेयरमा विजयी चित्रसेन अधिकारीले निर्वाचन जित्न चुनौतीको विषय स्वभाविक भएको बताए ।