विजय जुलुस भनेर अरूलाई पराजित गर्‍यौँ भन्ने सङ्केत नगर्न बालेनको अपिल

9.3k Shares

 काठमाडौँ महानगरपालिकाको मेयर पदमा जीत सुनिश्चित भएसँगै स्वतन्त्र उम्मेदवार बालेन साहले विजय जुलुस भनेर अरूलाई पराजित गर्‍यौँ भन्ने सङ्केत नगर्न अपिल गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा सङ्केत भएको छ कि भन्नेमा ध्यान दिनुपर्ने बताएका हुन् । विजय जुलुसको साटो आ–आफ्नो क्षेत्रमा धन्यवाद र्‍याली गर्न उनको आग्रह छ ।

चुनावमा जित्नेले बहुमत नभएर धेरै मत ल्याउने जिकिर गर्दै उनले मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउन नहुने उल्लेख गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार