नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

13.7k Shares
सम्बन्धित पार्टी

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्दैछ । 

 

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुको सहभागिता रहने छ । 

 

बैठकमा अहिलेको राजनीतिक परिस्थिति र सरकारको विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्पको विषयमा पनि बैठकमा छलफलको तयारी छ । 

ताजा अपडेट
सम्बन्धित समाचार