काठमाडौँमा बालेन्द्रको मत ६० हजार नजिक, सुनिताले ६६ हजार कटाइन्

15.6k Shares

 काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत ६० हजार नजिक पुगेको छ ।

पछिल्लो मत परिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय ७९ मत गन्दा साहले ५९ हजार १ सय ४९ मत पाएका छन् ।


यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाएकी छन् भने एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत ल्याएका छन् ।

यसैबीच, उपमेयरमा भने एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै मत पाएकी छन् । उनले अहिलेसम्म ६६ हजार ८ सय ७८ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार